Kathmandu Press

जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह

‘युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ। सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ,’ उनले भने।
जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह

ललितपुर, पुस ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकरात्मक परिवर्तन ल्याउनसक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन्।

ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउनसक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ। सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ,’ उनले भने।

परिवार छोडेर विदेशिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिए। 

‘यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरुलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईंहरूले सही नेतृत्व चयन गर्नुहोला,’ उनले भने।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको बताए। 

‘समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ,’ उनले भने।

मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताए।

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, पुस ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्