मधेसको सभामुखमा एमालेकी त्रिलोकी प्रसादले पनि दिइन् उम्मेदवारी
भोलि हुने निर्वाचनका लागि एमालेका सांसद प्रसादले शारदादेवी थापाको प्रस्ताव र जयचन्द्रप्रसाद पटेलको समर्थनमा सभामुखमा उम्दवारी दर्ता गराइन्।
जनकपुर, पुस ५ : मधेस प्रदेशको सभामुखमा नेकपा एमालेकी त्रिलोकी प्रसादले पनि उम्मेदवारी दिएकी छिन्।
भोलि हुने निर्वाचनका लागि एमालेका सांसद प्रसादले शारदादेवी थापाको प्रस्ताव र जयचन्द्रप्रसाद पटेलको समर्थनमा सभामुखमा उम्दवारी दर्ता गराइन्।
यसअघि सत्तारुढ गठबन्धनका तर्फबाट जसपाका रामअशिष यादवले उम्मेदवारी दर्ता गइरासकेका छन्।
भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ।
प्रकाशित मिति: १६:०७ बजे, शनिबार, पुस ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












