Kathmandu Press

चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु। सिंगो देशलाई दुख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन,’ उनले भने, ‘सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन।’
चितवनको सभामा रविले भने– जेनजीको रगत खेर जान दिन्नँ

चितवन, पुस ५ : उच्च अदालत बुटबलको आदेशमा धरौटीमा शुक्रबार मात्र रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सभा आयोजना गर्दैै सम्बोधन गरेका छन्। 

चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजीको रगत खेर जान नदिने बताएका छन्। उनले आफू विष बोकेर बाँचिरहेको पनि बताए।

‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु,’ सम्बोधनका क्रममा रविले भने, ‘मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ। म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ।’

रविले आफूमाथि अन्याय भएको दोहोर्‍याए। ‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ। देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ उनले भने।

रविले पुराना नेतारुले देशलाई नै दुख दिएको बताउँदै त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए। उनले सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउने पनि बताए।

‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु। सिंगो देशलाई दुख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन,’ उनले भने, ‘सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन।’

यस्तै, उनले जेनजीहरूले गरेको आन्दोलनको प्रशंसा पनि गरे। परिवर्तका आफूहरुले चुनाव कुरेको बताउँदै जेनजीहरू चुनाव पनि नकुेरेको उल्लेख गरे।

 ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन । बजाइदिनुभयो,’ रविले भने।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, पुस ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्