Kathmandu Press

संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

निर्वाचनमा जुट्न पनि आग्रह गर्दै नेता कोइरालाले प्रजातन्त्रको जग निर्वाचन नै भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको समेत बताए ।
संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला

विराटनगर, पुस ५ : नोपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन्। 

मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

Hardik ivf

नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख समेत गरेका छन् । सुन्दरहरैंचा ५ उनको क्षेत्र समेत हो।

केही दिनयता डा.कोइराला आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा रहेका छन् । शुक्रवार बिहान पनि उनले सुन्दरहरैंचा ४ मा पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए। त्यस क्रममा उनले फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए ।

निर्वाचनमा जुट्न पनि आग्रह गर्दै नेता कोइरालाले प्रजातन्त्रको जग निर्वाचन नै भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको समेत बताए ।

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, पुस ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्