Kathmandu Press

मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

बिहीबार बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्। उनले सदनमा उपस्थित शतप्रतिशत मत पाए। उनलाई सदनमा रहेका १० वटै दलका ९२ सांसदले मत दिए।
मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

धुनषा, पुस ४ : मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वापसको मत प्राप्त गरेका छन्।

बिहीबार बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्। उनले सदनमा उपस्थित शतप्रतिशत मत पाए। उनलाई सदनमा रहेका १० वटै दलका ९२ सांसदले मत दिए।

Hardik ivf

मुख्यमन्त्री यादवलाइै सत्तापक्षसँगै प्रमुख‍ प्रतिपक्षी नेकपा एमालेसहितका दलले पनि मत दिए। 

मुख्यमन्त्री यादवलाई सत्तामा रहेका नेपाली कांग्रेस, जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसँगै प्रतिपक्षी दलहरु एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी समेतले मत दिए।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

यसअघि तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले २९ जेठ २०८० मा समेत सिङ्गो सदनको विश्वासको मत पाएका थिए ।

प्रकाशित मिति: २१:०२ बजे, शुक्रबार, पुस ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्