Kathmandu Press

तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर छुटे रवि 

भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकम बराबर बैंक जमानत राखेर लामिछाने शुक्रबार छुटेका हुन्।
तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर छुटे रवि 

बुटबल, पुस ४ : अदालतले मागेको विगो बापतको तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छुटेका छन्।

भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकम बराबर बैंक जमानत राखेर लामिछाने शुक्रबार छुटेका हुन्।

उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई विगो बापतको रकम लिएर छाड्न आदेश दिएको थियो। 

लामिछानेले अदालतबाट छुट्नका लागि आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउन निवेदन दिएका थिए । उक्त रकमलाई उच्च अदालतले स्वीकार गरेपछि लामिछाने छुटेका हुन्। 

लामिछानेले सुप्रिम सहकारी ठगी प्रकरणमा पहिले दुई करोड ७४ लाख बराबरको बैंक ग्यारेन्टी बुझाइसकेको र आज सनाखत गरेको अदालतले जनाएको छ। त्यसबाहेक अर्को एक करोड रुपैयाँ धरौटी आज बुझाएका हुन्। 

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, पुस ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्