Kathmandu Press

कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके  

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिवेशनका बिषयमा कंक्रिट निश्कर्षमा पुग्न छलफलका लागि बोलाएको जनाइएको छ। 
कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके  

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चारजना नेतालाई शनिबार बिहान छलफलका लागि बोलाएका छन्।

देउवाले भोली बिहान ९ बजे बैठक बस्ने गरी महाराजगञ्जस्थित निवासमा बोलाएका हुन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिवेशनका बिषयमा कंक्रिट निश्कर्षमा पुग्न छलफलका लागि बोलाएको जनाइएको छ। 

क्रियाशिल सदस्यता, महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका एजेण्डा छलफलमा छन् । यी बाहेक विवादित बिषयमा समेत छलफल हुन जनाइएको छ। 

पुसको २६ देखि २८ सम्म कांग्रेस महाधिवेशन गर्ने तय भएको छ। पुस १६ मा वडा अधिवशेन सकाएर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनेको छ। 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, पुस ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्