Kathmandu Press

‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

राजनीतिक दलको काम चुनाव जित्ने वा कानुन बनाउने मात्र नभई जनतामा नयाँ सोच र आवश्यकताको माग सिर्जना गर्नु पनि भएको श्रेष्ठको धारणा थियो।
‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

काठमाडौं, पुस ४ : पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो।

पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै युद्धग्रस्त देशजस्तै उच्च पलायन दर देखिएको बताइन्। 

Hardik ivf

उनले युवालाई स्वदेशमै रोक्न शिक्षा प्रणाली सुधार गर्न र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । तर ती काम गर्नका लागि धेरै समय नभएको पनि उनको भनाइ थियो।

‘जेनजीको आन्दोलनपछि देशको परिवेश परिवर्तन भएको छ  युवाहरुले कस्तो आचरण खोज्नु भएको हो, कस्तो सिस्टम खोज्नु भएको हो रु त्यो पनि हामी सबैले अंगिकार गर्न जरुरी छ। गत भदौ २३ र २४ गतेको कुरा गर्दै गर्दाखेरी हाम्रो राज्यको अवस्था कस्तो छ? हाम्रो पलायन रेट युद्ध भएको देशको जस्तो छ,’ उनले भनिन्, ‘हाम्रा युवाहरुलाई यही देशमा रोक्नका लागि जुन काम गर्नुपर्छ, शिक्षा सुधार्नुपर्छ, रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ तर त्यसको लागि समय धेरै छैन।’

उनले युवाले चाहेको विकास र जीवनशैली कस्तो हो भन्ने विषय स्पष्ट रूपमा व्याख्या गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। राजनीतिक दलको काम चुनाव जित्ने वा कानुन बनाउने मात्र नभई जनतामा नयाँ सोच र आवश्यकताको माग सिर्जना गर्नु पनि भएको श्रेष्ठको धारणा थियो।

‘युवाले खोजेको र चाहेको विकास कस्तो हो त? हामीले चाहेको लाइफ स्टाइल कस्तो हो त रु यसलाई व्याख्या गर्दै अगाडि जानुपर्छ। राजनीतिक पार्र्टीको काम चुनाव जित्ने मात्रै होइन, कानुन बनाउने मात्रै होइन, राजनीतिक पार्टी र राजनीतिक नेतृत्व एउटा ठूलो जनतामा डिमाण्ड क्रेट गर्ने हो,’ उनले भनिन्।

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, पुस ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्