Kathmandu Press

एमालेको दोस्रो बैठक पुस २७ देखि २९ सम्म, ओलीले भने– एमालेमा अब गुट सकियो 

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले शुक्रबार यसबारे प्रस्ताव पेश गरेका छन्। पोखरेलले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका छन्। 
एमालेको दोस्रो बैठक पुस २७ देखि २९ सम्म, ओलीले भने– एमालेमा अब गुट सकियो 

काठमाडौं, पुस ४ : एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्नेगरी बैठकमा प्रश्ताव गरिएको छ। 

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले शुक्रबार यसबारे प्रस्ताव पेश गरेका छन्। पोखरेलले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका छन्। 

आज केन्द्रीय कमिटीको पहिलो बैठक बसेको थियो। महासचिव पोखरेलको प्रस्तावमा निर्णय लिन भने बाँकी छ । पहिलो बैठकलाई संवोधन गर्दै नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन्। 

‘चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला । त्यो हिजै सकियो । अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो,’ बैठकमा अध्यक्ष ओलीले भने।

ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक जारी छ ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, पुस ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्