Kathmandu Press

जेनजीका घाइतेको चार तहमा वर्गीकरण, मासिक निर्वाह भत्ता दिने तयारी 

जेनजी आन्दोलनका घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गरी भत्ता प्रदान गरिने कार्यविधिमा उल्लेख छ।
जेनजीका घाइतेको चार तहमा वर्गीकरण, मासिक निर्वाह भत्ता दिने तयारी 

काठमाडौं, मंसिर ४ : सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ जारी गर्दै निर्वाह भत्ता लिदन थालिएको हो। यस्का लागि स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति पनि गठन गरिएको छ। 

जेनजी आन्दोलनका घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गरी भत्ता प्रदान गरिने कार्यविधिमा उल्लेख छ।

जसअनुसार मध्यम घाइतेले मासिक चार हजार, गम्भीर घाइतेले मासिक नौ हजार र अति गम्भीर घाइतेलाई मासिक १८ हजार रुपैयाँ दिइने छ। जिल्लास्थित सिडिओ कार्यालयले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। 

घाइतेको वर्गीकरण गर्दा १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेका रुपमा छुट्याइएका छ। काठमाडौंमा मात्र कुल १६० घाइतेको वर्गीकरण गरिएको छ। काठमाडौंमा १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम र ५५ जना सामान्य घाइतेका रुपमा छुट्याइएको छ।

कास्कीमा ७ जना घाइतेहरूमध्ये अति गम्भीरमा २, गम्भीर घाइतेमा ३ र सामान्यमा २ जना घाइतेहरू वर्गीकरण गरिएको छ। 

यस्तै, चितवनमा कुल ७ जना घाइतेहरूमध्ये अति गम्भीर र गम्भीरमा कोही पनि परेका छैनन् । मध्यममा ३ र सामान्यमा ४ जना छन् । 

प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, पुस ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्