Kathmandu Press

कांग्रेस निर्वाचनमा जान आतुर छ : डा.कोइराला 

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ,’ नेता कोइरालाले भने।
कांग्रेस निर्वाचनमा जान आतुर छ : डा.कोइराला 
फाइल तस्बिर।

मोरङ, पुस ४ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताएका छन्। 

नेता कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने पनि बताए। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ को सुन्दरहरैँचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाटमा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्। 

प्रजातन्त्रको जग निर्वाचन रहेको भन्दै कांग्रेस निर्वाचनमा जान आतुर रहेको उनको भनाई छ। 

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ,’ नेता कोइरालाले भने।

अन्तरिम सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भनाई नेताकोइरालाको थियो। दलका केही नेतालाई काठमाडौँ बाहिर जान नदिइएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियार बाहिर रहेको, कैदीहरू बाहिरै रहेको अवस्थामा स्वच्छ र निश्पक्ष निर्वाचनमा आशंका रहेको भनाई पनि उनले राखे। 

उनले निर्वाचनका लागि जुट्नुको विकल्प नभएको भन्दै कार्यकर्तालाई तयारी जुट्न आग्रह समेत गरे । 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, पुस ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्