रवि लामिछाने आज नछुट्ने
अदालतले थुनामुक्त गर्न आदेश दिए पनि आवश्यक कागजी प्रक्रिया पुरा गर्न समय लाग्ने भएपछि उनी आज नछुट्ने भएका हुन्।
काठमाडौं, पुस ३ : उच्च अदालत, बुटबलले सहकारीको रकम हिनामिना प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपनि उनी आज नछुट्ने भएका छन्।
अदालतले थुनामुक्त गर्न आदेश दिए पनि आवश्यक कागजी प्रक्रिया पुरा गर्न समय लाग्ने भएपछि उनी आज नछुट्ने भएका हुन्।
रवि अहिले नख्खु कारागारमा थुनामा रहेको छ। आदालतको आदेशसँगै रवि छुट्ने अपेक्षासहित कारागार परिसरमा ठूलो संख्यामा समर्थकहरु भेला भएका थिए।
बिहीबार साँझ न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ। अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ।
थुनामुक्त हुन आवश्यक प्रक्रिया मिलाउन रवि शुक्रबार बिहानै फ्लाइटमा भैरहवा जाने तयारीमा छन्।
थुनामुक्त हुन रविले अदालतमा जमानत वापतको २ करोड ६८ लाख र १ करोड रुपैयाँ धरौटी बुझाउनु पर्नेछ। उच्च अदालतले रविलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।












