Kathmandu Press

एक साताभित्र सुरक्षा समिति बनाउन ओलीको निर्देशन

‘अब आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्छ। अहिले देशमा असुरक्षा छ। त्यसैले टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र,’ निर्देशन दिँदै ओलीले भने।
एक साताभित्र सुरक्षा समिति बनाउन ओलीको निर्देशन

काठमाडौं, पुस ३ : केपी शर्मा ओली तेस्रो पटक नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन्। 

तेस्रो कार्यकालका लागि अध्यक्षको शपथ लिए लगत्तै ओलीले टोल–टोलमा एक साताभित्र सुरक्षा समिति बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। 

सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै उनले यस्तो निर्देशन दिएका हुन्। 

‘अब आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्छ। अहिले देशमा असुरक्षा छ। त्यसैले टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र,’ निर्देशन दिँदै ओलीले भने।
 
अध्यक्ष ओलीले देशमा कसैले शान्तिको अनुभूति गर्न नपाइरहेको बताउँदै शान्तिको अनुभूति गराउने काम आफ्नै सुरक्षा प्रबन्धबाट मात्रै हुने उल्लेख गरे। उनले सही कुरा गर्न नडराउन आग्रह गर्दै एमाले साथमा रहेको बताए। 

उद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै एक समय आगो लगाउन आए पनि अब त्यस्ता कुराले स्थान नपाउने भन्दै आफूहरूले त्यसको सुरक्षा गर्ने बताए। 

अध्यक्ष ओलीले प्रहरीको मनोबल कमजोर पार्न प्रहरीलाई अनुचित दबाब दिने काम भइरहेको बताए। उनले जागिरबाट हट्नेबित्तिकै अनुसन्धान विभागका प्रमुखको पासपोर्ट रोक्का गरिएकोमा पनि आक्रोश व्यक्त गरे। 

उनले जेनजी सँग भएको सम्झौता लागु गर्न नदिने बताउँदै राजनीतिक दलहरु यसमा सजग हुनुपर्ने पनि बताए।

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्