Kathmandu Press

रविलाई थुनामुक्त गर्न अदालतको आदेश, थुनामुक्त हुन २ करोड ६८ लाख जमानत र १ करोड धरौटी बुझाउनु पर्ने 

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो। 
रविलाई थुनामुक्त गर्न अदालतको आदेश, थुनामुक्त हुन २ करोड ६८ लाख जमानत र १ करोड धरौटी बुझाउनु पर्ने 

रुपन्देही, पुस ३ : रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो। 

त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ।

उच्चले रविको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो। 

यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन्।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्