पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ : विष्णु पौडेल
उपाध्यक्ष पौडेलले एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा संकुचन आएको उल्लेख गरे।
काठमाडौं, पुस ३ : नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।
महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्दै आएको बताए।
‘महाधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गर्छौं । यो लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक जीवन कसरी हुन्छ भन्ने प्रश्न उठ्ला। मुलुकको लोकतन्त्रको च्याम्पियन हौँ भन्ने पनि यसले बताउँछ। पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ,’ उनले भने, ‘लोकतान्त्रिक अधिकारमा संकुचन आएको छ। लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा राजनीतिक परिस्थती अनुकुल निर्माण गर्नका लागि हामी अगाडि बढ्छौं।’
उपाध्यक्ष पौडेलले एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा संकुचन आएको उल्लेख गरे।
उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










