Kathmandu Press

एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित  

अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्।
एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित  

काठमाडौं, पुस ३ : एमालेको एघारौं महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएकी छिन्। 

अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्। सचिव पदका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अर्यालसहित तीन जना महिला प्रतिस्पर्धामा थिए। 

Hardik ivf

अर्यालसहित रचना खड्का र पेम्बा लामा पनि चुनावी मैदानमा उत्रिएका थिए । खड्काले ८७७ र लामाले ४९३ मत ल्याएका छन्। सचिवकालागि १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचत भएका छन्। 

सचिवमा अर्यालसँगै महेश बस्नेत (१५४४), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) निर्वाचित भए। 

उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे भने पराजित भइन् । पाण्डेले ९२१ मात्र मत ल्याइन् । पाँच पद रहने उपाध्यक्षका लागि ११ जना भिडेका थिए । उपाध्यक्षमा अन्तिम १ हजार १३७ मतसम्म पाउने उम्मेदवार निर्वाचित भए। 

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भए।

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्