एमाले महाधिवेशनमा जो पहिलोपल्ट पदाधिकारीमा निर्वाचित भए
पहिलोपल्ट पदाधिकारी निर्वाचित हुनेहरुमा रघुजी पन्त, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हिक्मतकुमार कार्की, यामलाल कँडेल, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन्।
काठमाडौं, पुस ३ : एमालेको एघारौँ महाधिवेशनमा ८ जना नेता पहिलो पटक पदाधिकारीमा निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले जारी गरेको मतगणनाको अन्तिम परिणाम अनुसार पहिलोपल्ट १ उपाध्यक्ष र ७ जना सचिवमा निर्वाचित भएका हुन्। पहिलोपल्ट पदाधिकारी निर्वाचित हुनेहरुमा रघुजी पन्त, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हिक्मतकुमार कार्की, यामलाल कँडेल, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन्।
उपाध्यक्ष पदमा पन्तले १२५८ मत पाएर पहिलेपल्ट विजयी भएका छन् । यस्तै सचिवमा बस्नेतले सर्वाधिक १५४४ मत ल्याएर विजयी भएका छन्।
यस्तै राईले १५०३ मत, कार्कीले १३३७, अधिकारीले १२३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८) मत ल्याएर पहिलोपल्ट पदाधिकारीमा विजयी भएका छन्।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












