Kathmandu Press

एमालेको खुला केन्द्रीय सदस्यमा ज्ञवालीलाई सर्वाधिक मत

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ज्ञवालीले १ हजार ९४२ पाएका छन्। अरु खुला केन्द्रीय सदस्यको तुलनामा यो मत सबैभन्दा बढी हो। 
एमालेको खुला केन्द्रीय सदस्यमा ज्ञवालीलाई सर्वाधिक मत

काठमाडौं, पुस ३ : एमालेको ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा प्रदीप ज्ञवालीले सर्वाधिक मत ल्याएका छन्। 

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ज्ञवालीले १ हजार ९४२ पाएका छन्। अरु खुला केन्द्रीय सदस्यको तुलनामा यो मत सबैभन्दा बढी हो। 

यसअघि उपमहासचिव रहेका ज्ञवालीले यस पटक महासचिवमा दाबी गरे पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा उठ्न भनेपछि असन्तुष्टी जनाउँदै उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।

पछि ज्ञवालीले छोडेको उपाध्यक्ष पदमा रघुजी पन्तलाई राखिएको थियो। ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई उक्त पदमा समेटेका हुन्। 

पन्त ओली प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।
 
प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्