Kathmandu Press

ओलीका सारथि विष्णु रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात 

अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल दोहोरिँदा रिमाल भने पराजत भए। ओली समूहभित्रैबाटै अन्तर्घात हुँदा रिमालले पराजय व्यहोर्नुपरेको हो। 
ओलीका सारथि विष्णु रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात 

काठमाडौं, पुस ३ : केपी ओली शक्ति र सत्तामा हुँदाका हर्ताकर्ता विष्णु रिमाल महाधिवशेनमा पराजित भएका छन्। रिमाल उपमहासचिव पदमा पराजित भएका हुन्। 

दशौं महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव जितेका रिमालले यसपटक पनि उही पदमा उम्मेदवारी दिएका थिए। उनलाई एमालेमा ओलीका सारथि मानिन्थ्यो। अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल दोहोरिँदा रिमाल भने पराजत भए। ओली समूहभित्रैबाटै अन्तर्घात हुँदा रिमालले पराजय व्यहोर्नुपरेको हो। 

Hardik ivf

तीन उपमहासचिव पदमा विजयी भएका लेखराज भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १ हजार ३४८ मत पाए। रिमालले भने १ हजार ९१ मत मात्र पाए। 

ओली चारपटक प्रधानमन्त्री हुँदा रिमाल मुख्य राजनीतिक सल्लाहकारको भूमिकामा थिए । महाधिवेशन परिणामले रिमाललाई नरुचाएको देखिन्छ। ओलीको सल्लाहकारको भूमिकामा रहँदा पार्टीका नेता कार्यकर्तालाई चिढाएको आरोप उनीमाथि लाग्ने गरेको थियो। 

२०७८ को दशौं महाधिवेशनमा भने उनी उपमहासचिवमा निर्विरोध निर्वाचित भएका थिए। रिमालको पार्टीभित्रको नेटवर्क कमजोर देखिएको छ। 

उनी छैटौं महाधिवेशनबाट केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य, सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य, आठौं र नवौं महाधिवेशनमा पोलिटब्युरो सदस्य हुँदै उनी पार्टीको उपमहासचिव बनेका थिए। 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्