Kathmandu Press

नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए। तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए।
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

धनुषा, पुस ३ : नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन्।

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन्।

Hardik ivf

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन्।

उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रेलेनै दिएको र अब देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि मधेश प्रदेशबाटै हुने प्रतिबद्धता जाहेर गरे। उनले संघीयतको श्रेय मधेश प्रदेशलाई दिँदै मधेशलाई राष्ट्रिय राजनीतिको मुल प्रभावमा समेट्नका निम्ति मधेशलाईनै देशको नेतृत्व दिनुपर्ने कांग्रेसको धारणा रहेको बताए।

उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए। तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए।

त्यस्तै महाधिवेशनका विषयमा निर्धारित समयमै महाधिवेशन हुने नेता घिमिरेले जानकारी दिए। उनले ३६ वर्षको शासनमा नेपाली कांग्रेसबाट पनि गल्ति भएको स्विकार गरे। उनले पार्टीबाट भएका कमकमजोरी र गल्तिहरुकै कारणले पनि जेनजी आन्दोलन निम्तिएको स्विकार गर्दै यसलाई समिक्षा गरी पार्टीले सुधार गर्ने निति ल्याएको जानकारी दिए।

उनले अहिलेको पुस्ताको माग अनुसार पार्टीको विधानमा परिवर्तन, पार्टीको नेतृत्वमा परिवर्तन र पार्टीको नीतिमा पुर्नवालोकनको आवश्यक रहेको बताए।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्