एमाले उपाध्यक्षमा पोखरेल प्यानलका गोकर्ण विष्ट विजयी, अरु क–कसले जिते?
ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका विष्ट १३६८ मत ल्याउँदै उपाध्यक्ष निर्वाचित भएका हुन्।
काठमाडौं, पुस ३ : नेकपा एमालेको उपाध्यक्षमा युवा नेता गोकर्ण विष्ट विजयी भएका छन्।
ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका विष्ट १३६८ मत ल्याउँदै उपाध्यक्ष निर्वाचित भएका हुन्।
एमाले पदाधिकारीमा पोखरेल प्यानलबाट विष्टसँगै उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भएका छन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत ल्याए। उनले १७३७ मत प्राप्त गरे। यस्तै, विष्णुप्रसाद पौडेलले १६७५, रामबहादुर थापा बादलले १५१६
र रघुजी पन्तले १२५८ मत ल्यााएका छन्।
उपाध्यक्षमा ओली समूहका उम्मेदवार गुरु बराल भने पराजित भए। उनले ११३७ मत प्राप्त गरे। उपाध्यक्षमा भीम आचार्यले सबैभन्दा कम २६५ मत पाए।
प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










