Kathmandu Press

सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छ : वनमन्त्री

‘पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ। त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो। यो भन्दा लज्जास्पद कुरा केही पनि छैन,’ उनले भने।
सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छ : वनमन्त्री

काठमाडौं, पुस ३ : वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन्। 

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारणसभामा मन्त्री चौलागाईंले यस्तो बताएका छन्। 

Hardik ivf

उनले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको पनि बताए। ‘पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ। त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो। यो भन्दा लज्जास्पद कुरा केही पनि छैन,’ उनले भने।

नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नका लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको उनले बताए।

मन्त्री चौलागाईंले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको बताए।


 

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्