सचिवमा ओली पक्षको क्लिनस्विप, महेश बस्नेतले सर्वाधिक मत ल्याउँदा अन्यले कति ल्याए?
९ सचिवमध्ये महेश बस्नेतले सर्वाधिक मत ल्याए। उलने १५३४४ मत ल्याए।
काठमाडौं, पुस ३ : नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवमा केपी ओली पक्षले क्लिनस्विप गरेको छ।
भर्खरै सार्वजनिक मतपरिणाम अनुसार ९ सचिवमध्यै सबैमा ओली पक्षका नेता नै विजयी भएका छन्।
९ सचिवमध्ये महेश बस्नेतले सर्वाधिक मत ल्याए। उलने १५३४४ मत ल्याए। यस्तै, ओली समूहकी एकमात्र पदाधिकारी महिला उम्मेदवार पद्मा अर्याल १५३० मत ल्याएर विजयी भइन्।
यस्तै, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्म कार्कीले १३३७, खगराज अधिकारीले १२३१ मत ल्याएका छन्।
यस्तै, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ रहेका छन्।
प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












