एमाले उपमहासचिवमा ईश्वर प्यानलका योगेश भट्टराई निर्वाचित, ओली प्यानलका विष्णु रिमाल पराजित
तीन पद रहेको उपमहासचिवमा ओली प्यानलका लेखराज भट्ट रघुवीर महासेठसँगै योगेश भट्टराई पनि विजयी भएका छन् ।
काठमाडौं, पुस ३ः नेकपा एमालेको उपमहासचिवमा ईश्वर पोखरेलको प्यानलबाट प्रतिस्पर्धा गरेका योगेश भट्टराई पनि निर्वाचित भएका छन्।
तीन पद रहेको उपमहासचिवमा ओली प्यानलका लेखराज भट्ट रघुवीर महासेठसँगै योगेश भट्टराई पनि विजयी भएका छन्।
लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन्। ओली प्यानलबाट विष्णु रिमाल पराजित भएका छन् ।
उनी ओली प्रधानमन्त्री हुदा प्रमुख राजनीतिक सल्लाहकार समेत थिए ।
प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










