Kathmandu Press

एमाले महासचिवमा शंखर पोखरेल विजयी, पाण्डेसँग २२९ मतान्तर

मत परिणाम अनुसार पोख्रेल १२२८ मत ल्याउँदा महासचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।
एमाले महासचिवमा शंखर पोखरेल विजयी, पाण्डेसँग २२९ मतान्तर

काठमाडौं, पुस ३ : नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। 

भर्खरै सकिएको मतपरिणाम अनुसार पोखरेल २२९ मतान्तरले महासचिवमा निर्वाचित भएका हुन्। 

मत परिणाम अनुसार पोखरेल १२२८ मत ल्याउँदा महासचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।

पोख्रेल ओली प्यालनका हुन भने पाण्डे पोखरेल प्यानलबाट उम्मेदवार बनेका थिए। शंकर पोखरले यसअघि पनि महासचिव नै थिए। 

एमाले केन्द्रीय कार्यसमितिका लागि हिजो भएको निर्वाचनमा अन्य पदहरुको परिणाम आउने क्रममा छ।
 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्