Kathmandu Press

एमाले महाधिवेशन : अध्यक्षमा ओलीलाई फकाराकिलो अग्रता, ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत ल्याए

अध्यक्षमा ओलीले ८४३ मत ल्याउँदा अर्का प्रतिस्पर्धा ईश्वर पोखरेलले २९६ मत मात्र पाएका छन्। 
एमाले महाधिवेशन : अध्यक्षमा ओलीलाई फकाराकिलो अग्रता, ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत ल्याए

काठमाडौं, पुस ३ : नेकपा एमालेको ११औं महाधिवेशमा अहिले मतगणना जारी छ। बिहीबार बिहानबाट सुरु भएको मतगणना अहिले पनि जारी

ताजा मतपरिणाम अनुसार अध्यक्षमा केपी ओलीले फराकिलो अग्रता कायम गरेका छन्। ओलीले ८४३ मत ल्याएका छन्। यता, उनका प्रतिस्पर्धा ईश्वर पोखरेलले भने २९६ मत मात्र पाएका छन्। 

यस्तै, महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेलले अग्रता लिइरहेका छन्। पोखलले ६१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत ल्याएका छन्। 

यस्तै उपमहाचिवमा लेखराज भट्टले  ७३४ मत ल्याउँदा योगेश भट्टराई ७०९ र रघुवीर महासेठ ६८९ मत पा्राप्त गरेका छन्। 

एमालेमा तीन जना उपमहासचिव हुने छन्। उपमहासचिकै उम्मेदावर ओलीका विश्वास पात्र विष्णु रिमाले ५४० मत मात्र ल्याएका छन्। 

यता, सचिवमा भने महेश बस्नेत अग्रस्थानमा छन्। उनले ७८३ मत ल्याएका छन्।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्