Kathmandu Press

रवि र छविको मुद्दामा आज पनि पेशी

दुवैले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै  निवेदन दिएका थिए। सोही मुद्दामा आज साप्ताहिक पेशी तोकिएको हो।
रवि र छविको मुद्दामा आज पनि पेशी

रुपन्देही, पुस ३ : सहकारी गठी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज पनि पेशी तोकिएको छ।

दुवैले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै  निवेदन दिएका थिए। सोही मुद्दामा आज साप्ताहिक पेशी तोकिएको हो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा दुवै जना थुनामा छन्।

पटक(पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन। यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। यसरी हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेशी स्थगित गरिएको छ।

लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्। 

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्