Kathmandu Press

एमाले महाधिवेशन  मतगणना सुरु, सुरुआतमा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

अध्यक्षका उम्मेदवार ओलीले १५६ ल्याउँदा अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।
एमाले महाधिवेशन  मतगणना सुरु, सुरुआतमा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं, पुस ३ : नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ। 

विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षमा केपी ओलीले अग्रता कायम गरेका छन्। अध्यक्षका उम्मेदवार ओलीले १५६ ल्याउँदा अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।

यता, महासचिवमा ओली प्यानलकै शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले ११५ ल्याउँदा अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्।

मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।

महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ। 

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, पुस ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्