Kathmandu Press

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

नले  पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई–चार दिन मिति पछि सर्नसक्ने बताए।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
फाइल तस्बिर।

मोरङ, पुस २ : नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन्। 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। 

नेता कोइरालालले नेपाली कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने उल्लेख गरे। ‘पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न,’ उनले भने।

उनले तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राखे। उनले  पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई–चार दिन मिति पछि सर्नसक्ने बताए।

उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: २०:१५ बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्