जेनजी आन्दोलनका घटना छानविन गर्न गठित आयोगको म्याद थप्ने तयारी
गत भदौ २३ र २४ गते भएका घटनाको छानविनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गत ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो।
काठमाडौं, पुस २ : जेनजी आन्दोलनका क्रममा भएका घटनामा जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीेलाई भेटेर आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन्।
गत भदौ २३ र २४ गते भएका घटनाको छानविनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गत ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो।
तोकिएको तीन महिने म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नसकिएकाले प्रधानमन्त्री कार्कीसँग आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन्।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्री कार्कीसमक्ष आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्कीले समय थप गर्ने बिषयमा सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ । आयोगले म्याद थपिएसँगै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी समेत गरेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










