Kathmandu Press

पुस ४ गते विश्वासको मत लिने मुख्यमन्त्री यादवको तयारी

बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर यादवले विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्। 
पुस ४ गते विश्वासको मत लिने मुख्यमन्त्री यादवको तयारी

धनुषा, पुस २ : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। 

बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर यादवले विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्। 

पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु।’

यादव गत मंसिर १९ गते ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

संविधानतः दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । यादवले विश्वसाको मत नलिएका कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन् । 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्