Kathmandu Press

एमाले महाधिवेशन : ५ घण्टामा ५३२ मत मात्रै खस्यो 

बुधवार विहान बिहान ९ः२० देखि मतदान सुरु भएको थियो। एमालेको निर्वाचन आयोगले जनाए अनुसार मतदान सुरु भएको ५ घण्टामा ५३२ मत खसेकाे हो। 
एमाले महाधिवेशन : ५ घण्टामा ५३२ मत मात्रै खस्यो 
मतदान गर्दै अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेल। उनीहरुले मतदान गर्न करिब ४० मिनेट लगाएका थिए।

काठमाडौं, पुस २ : एमालेको भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि हालसम्म ५३२ मत खसेको छ। 

बुधवार विहान बिहान ९ः२० देखि मतदान सुरु भएको थियो। एमालेको निर्वाचन आयोगले जनाए अनुसार मतदान सुरु भएको ५ घण्टामा ५३२ मत खसेकाे हो। 

मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनकोव्यवस्था मिलाएको छ।  एमालेको यो महाधिवेशनमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार चुनावी मैदानमा भिड्दै छन्। 

महाधिवेशनमा लागि देशैभरबाट दुई हजार २६३ प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्दैछन्।

प्रकाशित मिति: १५:०० बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्