Kathmandu Press

एमाले महाधिवेशन : मतदानमा ढिलाई भए पनि परिणाम चाँडै 

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले विहीन मतदान गरिसकेका छन्। मतदान प्रक्रियामा एक जनाले झन्डै आधा घण्टा समय लगाएका छन्। 
एमाले महाधिवेशन : मतदानमा ढिलाई भए पनि परिणाम चाँडै 
Hardik ivf

काठमाडौं, पुस २ : नेकपा एमालेको ११औं महाधिवेशनको मतदान भृकुटीमण्डपमा जारी। मतदान बेलुका ८ बजे मात्र सकिने अनुमान गरिएको छ। 

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले विहीन मतदान गरिसकेका छन्। मतदान प्रक्रियामा एक जनाले झन्डै आधा घण्टा समय लगाएका छन्। 

मतदानमा लामो समय लाग्दा बेलुका ८ बजेसम्ममा मतदान सकिने अनमुान गरिएको हो। अहिलेसम्म झन्डै ३ सय ५० मत खसेको अनुमान छ। नतिजा मतदान सकिएको दुई घण्टामा आउने बताइएको छ। 
 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, पुस २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्