एमाले महाधिवेशन अन्तर्गत आज मतदान हुँदै
विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
काठमाडौं, पुस २ : नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।
एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
प्रकाशित मिति: ०८:११ बजे, बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










