प्राधिकरणका तत्कालिन प्रबन्धक मुनकर्मीमाथि साढे दुई करोडको ‘अकुत’ अभियोग
विघटित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा भएको अनियमितता प्रकरणमा प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी र प्रबन्धक मुनकर्की सहित ८ जनालाई निलम्बन गर्न निर्देशन समेत दिएको थियो।
काठमाडौं, पुस १ : नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) अभियोगमा मुद्दा दायर भएको छ।
विघटित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा भएको अनियमितता प्रकरणमा प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी र प्रबन्धक मुनकर्की सहित ८ जनालाई निलम्बन गर्न निर्देशन समेत दिएको थियो।
सार्वजनिक ओहोदाको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयेग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्यिारले गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्यको नाममा लुकाएर राखेको अभियोग मुनकर्मीमाथि लगाएको छ । मुनकर्मीकी श्रीमती पूर्णकेशरी गोसाईविरुद्ध पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।
यसअघि पोखरा विमानस्थल आयोजनाको गुरुयोजना निर्माण र ठेक्का सम्झौतामा अनियमितता गरेको अभियोगमा प्राधिकरणका महानिर्देशकसहित ५ पूर्व मन्त्री, ९ पूर्व सचिव र सर्वोच्च अदालतका पूर्व रजिस्ट्रारसहित ५६ विरुद्ध अख्तियारले २१ मंसिरमा अर्को भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । सोही आयोजनामा मुनकर्मी पनि अनियमिततामा तानिएका थि ।
उनीविरुद्ध भ्रष्टाचार निवार ऐन, २०५९ अनुरुप भ्रष्टाचार बापतको विगो असुल, त्यति नै जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गरी जेल सजाय गर्न अख्तियारले माग गरेको छ।












![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)