राष्ट्रपतिको सल्लाहकारबाट डा.थापाले दिए राजिनामा
आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयोजनका लागि थापाले राजीनामा दिएका हुन्।
काठमाडौं, पुस १ : राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार डा.सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयोजनका लागि थापाले राजीनामा दिएका हुन्। राजीनामाको प्रयोजन खुलाएर राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ।
उनी २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए। २०७९ फागुनदेखि उनी राष्ट्रपतिको राजनीतिक सल्लाहकार रहँदै आएका थिए।
प्रकाशित मिति: १७:५० बजे, मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












