Kathmandu Press

कांग्रेस सभापति देउवा र नेता डा.कोइरालाबीच भेट, क्रियाशिल सदस्यता र अनुशासन कारबाहीबारे कुरा 

कोइरालाले क्रियाशिल फाराम तत्काल फिर्ता गरी नयाँ नम्बरयुक्त फाराम पठाउन सभापति देउवालाई आग्रह गरेका छन्। 
कांग्रेस सभापति देउवा र नेता डा.कोइरालाबीच भेट, क्रियाशिल सदस्यता र अनुशासन कारबाहीबारे कुरा 

काठमाडौं, पुस १ : क्रियाशिल सदस्यताबारे छलफल गर्न नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

भेटमा क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा छलफल भएको जनाइएको छ। 

नेता कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फाराम जिल्ला–जिल्ला पठाएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। कोइरालाले क्रियाशिल फाराम तत्काल फिर्ता गरी नयाँ नम्बरयुक्त फाराम पठाउन सभापति देउवालाई आग्रह गरेका छन्। 

सभापति देउवासँगको भेटमा अनुशासन कारबाहीको विषयमा पनि कोइरालाले ध्यानाकर्षण गराएका थिए। केन्द्रीय अनुशासन समितिले सिफारिस गरेका सबै कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुपर्ने भनाई राखेका थिए। 

सभापति देउवासँगको भेटमा कोइरालासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल पनि सहभागी थिए।

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, पुस १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्