Kathmandu Press

मतदान समय फेरियो, एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ। भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो।
मतदान समय फेरियो, एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

काठमाडौं, पुस १ : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ।

मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ। भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो।

एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ।

प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, पुस १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्