Kathmandu Press

मन्त्री सिन्हाको नेतृत्वमा उच्चस्तरिय राजनीतिक संवाद समिति 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो। 
मन्त्री सिन्हाको नेतृत्वमा उच्चस्तरिय राजनीतिक संवाद समिति 

काठमाडौं, मंसिर २९ : सरकारले राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो। 

समितिका सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल छन्।

राजनीतिक दल र सरोकारवालासँग संवाद गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको जनाइएको छ। 
 
प्रकाशित मिति: १९:२२ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्