Kathmandu Press

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी 

भृकुटीमण्डप स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले केही बेरअघि अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी 

काठमाडौं, मंसिर २९ : नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। 

भृकुटीमण्डप स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले केही बेरअघि अध्यक्षमा उम्मेदवारी दिएका हुन्। योसँगै ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्। 

यसअघि ओली नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। अध्यक्षका अर्का प्रतिश्पर्धी ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरिसकेका छन्। 

ओली र पोखरेल प्यानलबाट पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दर्ता भएको छ। नेतृत्वका लागि भोली मदतान हुँदैछ। 

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्