ईश्वर पोखरेल भन्छन्– पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार चलाउन मेरो उम्मेदवारी
‘हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो। तपाइर्हंरुलाई अनौठो लाग्ला यो स्वभाविक हो,’ उनले भने, ‘उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो। पार्टीलाई वास्तविक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो।’
काठमाडौं, मंसिर २९ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।
सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढङ्गले चलाउनको लागि भएको बताए।
‘हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो। तपाइर्हंरुलाई अनौठो लाग्ला यो स्वभाविक हो,’ उनले भने, ‘उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो। पार्टीलाई वास्तविक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो।’
त्यस्तै उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नकासाथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे।
एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ।












