Kathmandu Press

ओली समूहमा नहटेपछि स्वतन्त्र केन्द्रीय सदस्य लड्दै सुहाङ 

सुहाङ आफ्ना पिता पूर्व सभामुख सुवास नेम्वाङको निधनपछि रिक्त सांसद पदमा इलाम–२ बाट उम्मेदवार बनेर जित हासिल गरेका थिए। एमालेभित्र उनले लोकप्रिय युवा नेताको छवि बनाएका छन्। 
ओली समूहमा नहटेपछि स्वतन्त्र केन्द्रीय सदस्य लड्दै सुहाङ 

काठमाडौं, मंसिर २९ : महाधिवेशनमा एमाले संस्थापन केपी शर्मा पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारमा नपरेपछि सुहाङ नेम्वाङले स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा लड्ने भएका छन्। 

सुहाङ आफ्ना पिता पूर्व सभामुख सुवास नेम्वाङको निधनपछि रिक्त सांसद पदमा इलाम–२ बाट उम्मेदवार बनेर जित हासिल गरेका थिए। एमालेभित्र उनले लोकप्रिय युवा नेताको छवि बनाएका छन्। 

एमालेले विधानमा हेरफेर गरेर युवाका लागि ५ प्रतिशत छुट्याउँदा पनि सुहाङ संस्थापन पक्षको प्यालनमा परेनन्। 

ओली निकट रहे पनि प्यानलमा नपरेका उनी स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने भएका छन्। 
 
प्रकाशित मिति: १६:३२ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्