Kathmandu Press

ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी 

पन्तले महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।
ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी 

काठमाडौं, मंसिर २९ : केपी ओली निकट रहेका एमाले नेता रघुजी पन्त प्यानलमा नपरेपछि उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

पन्तले महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनले दुवै समूहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको बताए। ओली समूहमा उनी समेटिएका छैनन्। 

त्यसपछि उनी स्वतन्त्र उम्मेदवारीको निर्णयमा पुगेका हुन्। एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहविच टक्कर हुँदै छ। 
 

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्