Kathmandu Press

एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र उपाध्यक्षका उम्मेदवार गोकर्ष विष्टको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। 
एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडौं, मंसिर २९ : नेकपा एमालेको ११औं महाधिवेशन अहिले जारी छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशमा अहिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ।

नेता ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र उपाध्यक्षका उम्मेदवार गोकर्ष विष्टको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। 

पोखरेलले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने छन्। दुवैले प्यानल नै बनाएका छन्।

पोखरेलको प्यानलबाट उपाध्यक्ष पदमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल, गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी उम्मेवार बन्ने छन्। यस्तै, सचिवहरुमा इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल, रचना खड्का र डा.कृष्ण केसीले प्रतिश्पर्धा गर्दैछन्। 

नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्