Kathmandu Press

नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ : राजेन्द्र गौतम

 ‘सहमतिको लागि कुनै पनि पदाधिकारीको कुनै पनि पदमा नेतृत्व व्यवस्थापनको हिसाबले भयो भने मेरो लागि स्वीकार्य छ। तर हाम्रो प्रकृयामा भएको नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ,’ उनले भने।
नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ : राजेन्द्र गौतम

काठमाडौं, मंसिर २९ : नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन्।

आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने आफ्नो उम्मेद्वारी उपमहासचिवमा हुने बताए।

 ‘मैले पार्टी नेतृत्वसँग वृहत्तर छलफल गरेँ, मेरो वायोग्राफि नबुझ्ने कोही छैन। ३६ सालदेखि नै नेता भएर हिँडिरहेको छु। सहमतिको लागि कुनै पनि पदाधिकारीको कुनै पनि पदमा नेतृत्व व्यवस्थापनको हिसाबले भयो भने मेरो लागि स्वीकार्य छ। तर हाम्रो प्रकृयामा भएको नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ,’ उनले भने।

ओली प्यानलबाट उनको नाम खुल्ला केन्द्रीय सदस्यको १ नम्बरमा छ।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्