भृकुटीमण्डपमा ओली समर्थकको नाराबाजी
ओली निकटश्थ कार्यकर्ताले नाराबाजी गर्दै भोटमाग्न शुरु गरेका छन् । कार्यकर्ताहरुले व्यानरसहित अहिले ओलीको पक्षमा नाराबाजी गरिरहेका छन्। ओलीलाई अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्।
काठमाडौं, मंसिर २९ : एमालेमा नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार रहेका केपी ओली पक्षमा महाधिवेशनस्थल भृकुटीमण्डपमा चर्को नाराबाजी गरिएको छ।
ओली निकटश्थ कार्यकर्ताले नाराबाजी गर्दै भोटमाग्न शुरु गरेका छन् । कार्यकर्ताहरुले व्यानरसहित अहिले ओलीको पक्षमा नाराबाजी गरिरहेका छन्। ओलीलाई अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्।
यता, पोखरेल समूहले आन्तरिक रुपमा महाधिशवेन प्रतिनिधिसँगष् भोट मागिरहेको छ । एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोली पुस १ गते मतदान हुँदैछ।
एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्ष र इश्वर पोखरेल पक्षले केन्द्रीय समितिका लागि उम्मेदवार टुंगो लगाइसकेको छ। केन्द्रीय समितिमा रहने पदाधिकारीसहित सबै ३०१ पदमा कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४:५४ बजे, सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार