एमाले महाधिवेशनमा यी हुन् पोखरेल प्यानलका प्रतिस्पर्धी
अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्ष पदमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल, गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको टुंगो लागेको छ।
काठमाडौं, मंसिर २९ : एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल समूहले केन्द्रीय समितिका लागि उम्मेदवार टुंगो लगाएको छ।
केन्द्रीय समितितिका १९ पदाधिकारीमध्ये पोखरेल समूहले उपाध्यक्ष र उपमहासचिवमा एक÷एक स्थान खाली राखेर अरु पदाधिारीको टुंगो लगाएको छ।
जसअनुसार अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्ष पदमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल, गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको टुंगो लागेको छ।
सचिवहरुमा इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल, रचना खड्का र डा.कृष्ण केसीले प्रतिश्पर्धा गर्दैछन्।
पोखरेल समूह केन्द्रीय समितिमा रहने सबै ३०१ पदमा उम्मेदवार खडा गरेको छ।
प्रकाशित मिति: १४:३० बजे, सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












