Kathmandu Press

एमाले अध्यक्षको लागि दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार

पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका उम्मेदवारका लागि भने १० हजार रुपैयाँ तोकिएको छ। यस्तै, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ। 
एमाले अध्यक्षको लागि दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार

काठमाडौं, मंसिर २९ : नेकपा एमालेको महाधिवेशनका लागि गठित निर्वाचन समितिले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकेको छ। 

पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका उम्मेदवारका लागि भने १० हजार रुपैयाँ तोकिएको छ। यस्तै, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ। 

Hardik ivf

यसपल्टको महाधिवेशमा नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले प्रतिस्पर्धा गर्दैछन्।

एमालेले विधान परिमार्जन गर्दै आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। अध्यक्ष लगायत प्रतिश्पर्धीका लागि मतदान पुस १ गतेका लागि तय भएको छ। 

बिहान ११ देखि साँझ ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। आजै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। 

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्