Kathmandu Press

एमालेमा ओली समूहबाट १९ पदाधिकारीमा एकजना मात्र महिला 

ओली पक्षको उम्मेदवारको लिष्टमा पदाधिकारी एक जना मात्रै महिला परेकी छन्। १९ पदाधिकारीमा पद्माकुमारी अर्याल मात्रै पदाधिकारीमा समेटिएकी हुन्। ९ जना सचिवमा उनी मात्रै महिला उम्मेदवार हुन्। 
एमालेमा ओली समूहबाट १९ पदाधिकारीमा एकजना मात्र महिला 

काठमाडौं, मंसिर २९ : नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पदाधिकारीको टुंगो लगाएको छ।

अध्यक्ष पदमा ओली आफैं प्रतिश्पर्धा गर्दैछन् भने शंकर पोखरेल महासचिव पदमै दोहोरिने भएका छन्। उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम प्यानलमा परेको छ। 

यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम सार्वजनिक भएको छ। सचिवहरुमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ। 

ओली पक्षको उम्मेदवारको लिष्टमा पदाधिकारी एक जना मात्रै महिला परेकी छन्। १९ पदाधिकारीमा पद्माकुमारी अर्याल मात्रै पदाधिकारीमा समेटिएकी हुन्। ९ जना सचिवमा उनी मात्रै महिला उम्मेदवार हुन्। 

ईश्वर पोखरेल समूहले यसअघि नै पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ।

नेकपा एमालेले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगमा नयाँ नेतृत्व तय गर्ने छ । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। 

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्