Kathmandu Press

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए।
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

काठमाडौं, मंसिर २९ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन्।

३१औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए।

Hardik ivf

‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ। आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन्,’ उनले भने, ‘महानगरले नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको छ।’

महानगर प्रमुख बालेन महानगरले धूलोरहित सडक कार्य अन्तर्गत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न गरेको, ६२ वटा चोकमा लाइट जडान गरेको, सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर सहरलाई उज्यालो बनाउदै गरेको पनि जानकारी दिए।

‘आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्य मध्य प्राथमिकतामा राख्नु पर्ने कामलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । यसरी सञ्चालन गरिएको कार्यक्रम मध्य धूलोरहित सडक कार्य अन्तरगत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न भएको छ, ६२ वटा चोकमा लाइट जडान गरिएको छ,’ उनले भने, ‘सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर सहरलाई उज्यालो बनाउँदैछौं।’

यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस गरेको, बेवारिसे, विपन्न र बेसाहारा नि:शुल्क उपचार अन्तरगत २ सय १० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्